पौडेल पक्राउप्रति देउवाको आक्रोश : उत्पन्न परिस्थितीको सामनाका लागि तयार रहन सरकारलाई चेतावनी

0
530

मंसिर १७,२०७७ काठमाडौं :नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेपछि सभापति शेरबहादुर देउवाले त्यसको विरोध गरेको छन्। तनहुँमा पुलको उद्घाटन गर्न पुगेको नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले रिहाइको माग गरेका हुन्।

सभापति देउवाले बुधबार विज्ञप्ति निकालेर तत्काल रिहाको माग गरेका छन्। नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप लगाएका छन्।

सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहाइ गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,’ उनले भनेका छन्।

SHARE