कपिलवस्तुमा संक्रमणका कारण ८७ को मृत्यू

0
519

मंसिर १७,२०७७ कपिलबस्तु :३३ औ बिश्व एड्स दिवसमा कपिलस्तुको तौलिहवामा जिल्ला स्वास्थ्य कार्यालयले हाल सम्म ५ सय १२ जना सकृय संक्रमित रहेको र एड्सका कारण ८७ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक गरेकोछ ।
सोही अवसरमा ४० संक्रमित बालबालिकाहरुलाइ न्यानो कपडा बाडिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सो बितरण गरिएको हो ।

सो अवसरमा कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडे र स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बालबालिकाहरुलाई ट्रेकसुट र स्वीटर हस्तान्तरण गरेका थिए । सो अवसरमा मेसु बन्जाडेले एचआईभि एड्सको न्युनीकरणकालागि सबै निकायले ठोस सहयोग गर्नु पर्ने बताए । उनले संक्रमितहरुको हेरचार, उपचार आयआर्जनमा सरकारले बिशेष ध्यान दिनु पर्नेमा जोड दिए । कार्यक्रममा स्वास्थ्थ्य कार्यालयका प्रमुख भगतले एचआईभि एड्सका बिषयमा पालिकाले समेत पहल गर्नु पर्ने बताए ।

उनले संक्रमितहरुलाई समाजमा खुलेर बस्ने वातावरण बनाउनु पर्नेमा बताए । दिवस कै अवसरमा मंगलवार जिल्ला स्वास्थ्य कार्यालयमा राखिएको स्टलबाट एक हजार बढी कन्डम बितरण गरिएको थियो ।

SHARE