लिम्घाका १५ पहिरो पीडितलाई घर

0
467

तिलाचन पाण्डे
मंसिर १७,२०७७ गुल्मी :२०७६ साल साउन ७ गतेको पहिरोका कारण क्षती भएकाहरुलाई घर प्रदान गरिएको छ ।
सत्यवती गाउँपालिका वडा नं ४ लिम्घाका १५ घरपरिवारलाई सुरक्षित आवास कार्याक्रम अन्र्तगत घर निर्माण गरि हस्तान्तरण गरिएको हो ।
लिम्घाको पहिरोमा परि ८ जनाको ज्यान गएको थियो भने वडा नं तीन ठुलोलुम्पेकमा पहिरोका कारण ५ जना गरी १३ जनाको ज्यान गएको थियो । पहिरोकाका कारण लिम्घाका तीन घरमा पुर्ण क्षती , १२ घर उच्च जोखिमा र जोखिममा रहेका ३० घरहरु रहेको गाउँपालिकाले जनाएको छ । अहिले पुर्ण क्षती भएका तीन घर र उच्च जोखिममा रहेका १२ घर परिवारलाई घर हस्तान्तरण गरिएको हो । अन्य जोखममा रहेका घर परिवारलाई आवास निर्माण गर्ने प्रक्रियामा रहेको रानाले जानकारी दिए ।

करिब १ करोण लागतमा जग्गा खरिद र आवास निर्माण गरिएको वडा अध्यक्ष दानबहादुर रानाले जानकारी दिए । घर पाएपछि पहिरो पीडितहरुले सरकार साथमा रहेको अनुभूति रहेको बताएका छन् ।
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार लिम्घाका १५ घरपरिवारलाई एक कार्याक्रमका बिच घर हस्तान्तरण गरेका हुन् । घर हस्तान्तरण गर्दै मन्त्री ज्ञवालीले जनताको सुख दुःखमा सरकार साथका रहेको बताए ।

SHARE