सचिवालय बैठकमा जान प्रधानमन्त्री ओली पनि सहमत

0
373

मंसिर १७,२०७७ काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पूर्वनिर्धारित समयभन्दा केही समय ढिलो गरी बस्ने भएको छ। मंगलबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की परेको थियो।

अध्यक्ष दाहालले बुधबार १ बजेका लागि बैठकको बस्ने बताइरहे पनि प्रधानमन्त्री ओलीले सहमति जनाएका थिएनन्। तर, प्रधानमन्त्री ओली सचिवालयको बैठकमा सहभागी नहुने भन्नेबारेमा कुनै जानकारी नभएको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले बताए।

ुबालुवाटारमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली नजाने भन्नेबारेमा मलाई जानकारी छैन। उहाँ बैठकमा जानुहुन्छ उनले भने।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने कि अलग(अलग लाने भन्ने विषयमा नेताहरूबीच विवाद भएको हो। प्रधानमन्त्री ओली साझा प्रस्ताव बनाएर जानुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड अलग(अलग प्रस्ताव तल्ला कमिटीमा पेश गर्नुपर्ने अडानमा छन्।

SHARE