लुम्बिनी मेडिकल कलेजमा दुईजना संक्रमितको मृत्यु

0
301

मंसिर १७,२०७७
पाल्पा : पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका –१ का ३८ वर्षीय पुरुष र स्याङ्जाको गल्याङ नगरपालिका –४ का ३९ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार पाल्पा बगनासकालीका पुरुषमा मंसिर १३ गते कोरोना पुष्टि भएको थियो । १४ गते अस्पताल भर्ना भएका पुरुषमा उच्च रक्तचापको समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै, स्याङ्जा गल्याङका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । २ गते नै मेडिकल कलेज भर्ना भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल कलेजका अनुसार उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

SHARE