रिडी–रुद्रवेणी–हर्मिचौर सडकखण्ड कालोपत्रे हुने,मन्त्री ज्ञवाली द्धारा शिलन्यास

0
772

मंसिर १३,२०७७ गुल्मी : कालीगण्डकी करिडोर अन्तरगत रिडी–रुद्रवेणी–हर्मिचौर सडकखण्ड कालोपत्रे हुने भएको छ ।
सडकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार रुरु क्षेत्र गाउँपालिका १ को रिडीमा शिलन्यास गरे । कालोपत्रे निर्माण कार्यको शिलन्यास गर्दै मन्त्री ज्ञवालीले करिडोर कुनै जिल्ला बिषेशको मात्रै नभएर देशकै समृद्धिको मार्ग भएको बताए ।
उनले भारत र चिन जोडने करिडोरले बिचमा पर्ने जिल्लाका नागरिको आर्थिक तथा सामाजिक जीवनमा ठुलो प्रभाव पार्ने बताए । ज्ञवालीले निर्माण व्यावसायीलाई सम्झौता अनुसार काम गर्न आग्रह गरे ।
‘कामको सम्झौता गरेर विभिन्न बहाना बनाएर उम्कने निर्माण व्यावसायीलाई कानुन अनुसार कारबाही गर्छौ,’ज्ञवालीले भने,‘सरकारको तर्फबाट निर्माण व्यावसायीलाई सहजीकरण गर्छौ तर, काम नगर्नेहरुको पक्षमा मुखदर्शक बन्दैनौ ।’ कालिगण्डकी करिडोर सडक योजना पाल्पा र शर्मा सगुन जेभे बिच ०७७ भदौ १६ गते सडक कालोपत्रेको सम्झौता भएको आयोजना प्रमुख सुवोध कुमार देवकोटाले जानकारी दिए ।
निर्माण कम्पनीले ५५ करोड ३० लाख ५३ हजार ८ सय ३५ रुपैयाँ २२ को लागतमा ३० महिनाभित्र कालोपत्रेको काम सम्पन्न गर्ने देवकोटाले बताए । सम्झौता अनुसार सडक ११ मिटर चौडाई, आठ मिटरको डवल लेन, एक मिटर चौडाईको नाली, दुई मिटर भाग सोल्दर छ । कालिगण्डकी करिडोर सडक योजना मार्फत नवलपुर, पाल्पा, गुल्मी, स्याङजा, पर्वत र वाग्लुङ गरेर ६ वटा जिल्लामा सडक निर्माणको काम भइरहेको छ । कालिगण्डकी गाउँपालिका प्रमुख बेदबहादुर थापाले रिडी आउन दुई दिन लाग्ने पुर्तिघाट र हर्मिचौरका नागरिक अहिले एक घण्टामा आउन थालेको बताए । उनले करिडोरका कारण शाखा सडक पुगेका नागरिकहरुको पनि आर्थिक तथा सामाजिक स्थितीमा सुधार भएको बताए ।

SHARE