जिप दुर्घटनामा मृत्यु भएकाको सामुहिक दाहासंस्कार

0
522

मंसिर १३,२०७७ गुल्मी : गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा भएको जिप दुर्घटनामा मृत्यु भएकाको सामुहिक दाहासंस्कार गरिएको छ ।
निस्ति घाटमा मृतक ६ जनाको सामुहिक दाहासंस्कार गरिएको हो । दोदलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको थियो। दुर्घटना इस्मा गाउँपालिका ४ हुलका ६५ बर्षीय डम्बर हितान, ३३ बर्षका शिव दर्लामी, ३० बर्षको बसन्त दर्लामी, ३३ बर्षको धन बहादुर अछामी, १९ बर्षको फर्सुराम थापा र मालिका गाउँपालिका ५ को ८० बर्षकि सुन्दरी थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी प्रबिणलाल श्रेष्ठले जानकारी दिए । दुर्घटनामा मृत्यु भएका शिव दर्लामी र धन बहादुर अछामीलाई नेपाली सेनाले अन्तिम सलामी दिएको थियो । श्रद्धाञ्जली दिन घाटमा पुगेका पुर्व मन्त्री गोकर्ण बिष्टले एकै बर्षमा गाउ भएका दुई ठुला दुर्घटनाले अत्यन्तै दुख लागेको बताए ।
घाइतेलाई भेट्न गुल्मी अस्पताल र शाहाघाटमा मृतकको श्रद्धाञ्जली दिन गएका बिष्टले घाइतेको शिघ्र स्वास्थ्यलाभ , मृतक प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रती समबेदबा व्यत्त गरे । उनले तत्काल घाइतेको उपचार र मृतक परिवारलाई राहत प्रदान गर्न सरकार सङ अनुरोध गरे । दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलकै २८ बर्षको सरस्वति दर्लामी र सहचाक २५ बर्षको कमल हितान घाइते भएका छन् । ऊनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैइरहेको छ । चालक २५ बर्षका बुद्ध बस्नेत सकुसल रहेको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले बताए ।

SHARE