गुल्मी जीप दुर्घटना मृत्यु हुनेको संख्या ६ पुग्यो

0
416

मंसिर १२ गुल्मी :गुल्मीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । यो संगै जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
जीप दुर्घटनामा गम्भीर घाइते भएका इश्मा गाउँपालिका ४ हुलका १९ बर्षका फर्सुराम थापाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शुक्रबार बिहान जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा इश्मा गाउँपालिका वडा नं ४ का ६५ बर्षका डम्मरबहादुर धिताल , नेपाली सेनामा कार्यरत ३३ का शिबबहादुर दर्लामी , ३० बर्षको बशन्त दर्लामी , नेपाली सेनामा कार्यरत ३३ बर्षको धनबहादुर अछामी, मालिका गाउँपालिका ५ की बर्ष ८०की सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रबिणलाल श्रेष्ठले जानकारी दिए । घाइतेहरुमा वडा नं ४ की २८ बर्षकी सरस्वती दर्लामी र २६ बर्षका कमल हितान रहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये सरस्वतीको हात भाँचिएको र अर्का कमलको हातमा चोट रहेको प्रहरीले जनाएको छ । शिबबहादुर दर्लामी र धनबहादुर अछामी नेपाली सेनामा कार्यरत रहेको र उनीहरु बिदामा घर आएका थिए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जीप सडक देखि अनियन्त्रीत भइ चार सय मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाडीमा चालक सहित ९ जना रहेका थिए । चालक इश्मा गाउँपालिका वडा नं ७ का २४ बर्षका बुद्ध बस्नेत प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

SHARE