रेसुंगामा स्वास्थ्यकर्मी , निर्माण ब्यबसायी, बैंकका कर्मचारी सहित १७ जनामा कोरोना

0
497

मंसिर ११,२०७७ गुल्मी :
रेसुंगा नगरपालिका भित्र निर्माण ब्यबसायी स्वास्थ्यकर्मी तथा बैंकका कर्मचारी सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तम्घासको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा स्वास्थ्य कर्मी , निर्माण ब्यबसायी,बैंकका कर्मचारी ,राजनीतिक दलका नेता लगायत सर्बसाधरणमा समेत संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।
नगरपालिका भित्र अहिले ३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितहरु अहिले होम आइसोलेशनमा रहेका छन् ।
यता जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रको मंगलबारको बैठकले तम्घासमा रहेका बैंक बित्तीय संस्थाहरु १२ गतेसम्मका लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । ।
नगरपालिका भित्र संक्रमण फैलिदै गएपछि रेसुंगा नगरपालिकाले मङसिर ५ गते देखि १३ गतेसम्मका लागि नगर क्षेत्र लकडाउन गरेको छ ।
नगरपालिकाले गरेको लकडाउनको समय अबधिसम्मका लागि संघ र प्रदेश मातहतका कार्यालयहरुबाट अत्याबश्यक सेवाहरु मात्र संचालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा पीसीआर परीक्षणका लागि स्वाब दिएका र संक्रमण पुष्टि भएका ब्यक्तिहरु सुरक्षित रुपमा होम कवारेन्टाइनमा बस्न प्रशासनले आग्रह गरेको । यदि कसैले अटेर गरी घरमै नबसी बाहिर हिडेको पाइएमा जिल्ला प्रशासन कार्यालय गुल्मी , जिल्ला प्रहरी कार्यालय गुल्मी र नगरपालिकामा सूचना दिन प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको सूचनालाई कसैले अबज्ञ गरे संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासनऐन २०२८ बमोजिम कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा संक्रमितको संख्या ८४५ जना रहेकोमा ७७८जना निको भएर घर फकिएका छन् भने ५५ जना होम आइसोलेशनमा रहेका छन् । जिल्लामा संक्रमणका कारण १२ जनाको ज्यान गइसकेको छ ।

SHARE