लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका लागि राजापुरमा छलफल

0
579

मिन अधिकारी
मंसिर ९,२०७७ बर्दियाः बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउ पालिमा लैङ्गिक हिंसा बिरुद्ध अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मूल नाराको साथ बुधबारदेखि सुरु हुने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका लागि आज छलफल गरिएको छ ।
राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले विषम परिस्थितिकम कारण यस बर्ष वृहतरुपमा कार्यक्रम गर्न नसकिएपनि स्वास्थ्य माफदण्ड पालना गदै १६ दिन सम्म सन्देश मुलक कार्यक्रमहरु गरि मनाउने बताइन्।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्तराज अधिकारी, बिभिन्न वडाका वडा प्रतिनिधी, राजापुर नगरपालिकाका बिभिन्न शाखाका प्रमुख, ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नीरिक्षक राधेश्याम सिंह सैथवार, संचारकर्मि लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।
यस बर्ष राजापुर नगरपालिकाका आयोजनामा राजापुर नगरपालिकाको १० वटै वडामा सन्देश मूलक कार्यक्रम गरिने भएको छ ।
यस्तै गेरुवागाउँपालिकामा पनि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका लागि विभिन्न कार्यक्रमहरु गर्ने भएको छ । गाउँपालिकाले ६ वटै वडामा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने उपाध्यक्ष हेमा कुमारी थारुले वताइन् ।

SHARE