मंसिर ८,२०७७ गुल्मी :गुल्मीमा एक गोठमा आगलागी भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न।४ नेटाका स्थानीय रवि पौडेलको गोठमा दिउँसो करिब साडे ३ बजेबाट लागेको आगोले गोठलाई पुर्णरुपमा क्षतिग्रस्त पारेको हो।
स्थानीयहरुको सक्रियतामा आगो नियन्त्रणमा आएता पनि गोठ भने पुर्ण रुपमा जलेर नस्ट भएको छ ।
पानीको सुविधा हुनुको साथै घटना दिउँसो घटेको हुनाले आगो छिट्टै नियन्त्रणमा आएको र गोठ नजिकै रहेका अन्य घरहरू सुरक्षीत भएको स्थानीय जीवन गौतमले बताए । आगलाग िकसरी भयो भन्ने बारेमा केही खुलेको छैन ।