धेरै कर तिर्ने २ जना सम्मानीत

0
442

प्रेमनारायण आचार्य
र्घाखाँची ७ मंसीर :आर्थिक बर्ष २०७६।७७ मा अर्घाखाँची जिल्लामा सबै भन्दा बढी कर तिरेको भन्दै अम्मर निर्माण सेवालाई आन्तरिक राजस्व कार्यलय कृष्णनगर ले सम्मान गरेको छ ।

नवौ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७७ को अबसरमा कृष्णनगरमा भएको कार्यक्रममा अम्मर निर्माण सेवाका प्रोपाइईटर बसन्त भुसाललाई सम्मान गरेको हो । अर्घाखाँचीबाट अम्मर निर्माण सेवाका प्रमुख बसन्त भुसाल र कपिलबस्तुबाट पावर टेक इण्डिस्ट्रजलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मानित गरेको आन्तरिक राजस्व कार्यलय कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले बताए ।

आन्तरिक राजस्व कार्यलय कृष्ण नगरले अर्घाखाँची र कपिलबस्तु दुइ जिल्लामा सबै भन्द्या बढी कर तिर्ने एक एक जना ब्यबसायीलाई सम्मान गरेको हो ।

SHARE