जिल्लाबासीको सम्झनामा गुल्मीका चन्द र खड्का

0
896

मंसिर ७,२०७७ गुल्मी : गत हप्ता गुल्मीका दुई ब्यक्तित्वको निधन भयो । उहाँहरुलाई जिल्लाबासीहरुले बिकासप्रेमी र सरल ब्यक्तिका रपमा सम्झन्छन् ।
मंसिर ३ गते निधन ुभएका मदाने गाउँपालिका १ का ८७ बर्षिय बैकुण्ठबहादुर चन्द जिल्लाको बिकासका निम्ती अहोरात्र खटिने ब्यक्ति थिए। तानसेन तम्घास सडकका सुत्रधार एवं तत्कालिन जिल्ला पन्चायतका सभापति बैकुण्ठबहादुर चन्द अहिले सम्झनामा मात्र रहेको जिल्लाबासी बताउछन् ।
यस्तै मंसिर १ गते निधन भएका धुर्कोट गाउँपालिका नयाँगाउँका ५४ बर्षिय बोमबहादुर खडका जिल्लाको बिकासका निम्ती खटिने बौद्धिक र सरल नेता रहेको बताउछन् नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिब बिरबहादुर कार्की । उहाँहरु दुबै जनालाई गुमाउनुपर्दा जिल्लालाई क्षती पुगेको कार्की बताउँछन् ।

यता नेपाली काँग्रेस गुल्मीका सचिब खिलध्वज पन्थीले जिल्लाका दुई अभिभाबक गुमाउनुपर्दा दुःख लागेको बताए । खडका सरल जीबनशैली , परिर्वतनका लागि लड्ने नेता र जिल्लामा राजनीतिक दलहररु बिच उत्पन्न बिबादको गाँठो फुकाउने र समन्वयकारी भूमिका निर्वाहा गर्ने ब्याक्तित्व रहेको ,चन्द तानसेन तम्घास सडकका माध्यमबाट गुल्मेलीहरुलाई नुन खुवाउने ब्यक्तित्व भएको पन्थीले बताए ।
चन्दले २०३९ सालमा तानसेन ,तम्घास सडकको निर्माण गर्ने क्रममा पाल्पालीहरुले तपाँइलाई तानसेनमै घर दिन्छौ सडक बिस्तार नर्गनुहोस भनेर प्रलोभन देखाउँदा समेत प्रलोभनमा नफसेको पन्थीले बताए ।
चन्द र खडकाले जिल्लामा गरेका अनुकरणीय कार्यहरुबाट अन्य ब्यक्तित्व र राजनीतिक दलहरुले पनि सिक्नुपर्ने नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए ।
चन्द २०२५ सालदेखि ३८ सालसम्म जिल्ला पन्चायतको सभापति , २०३८ सालदेखि २०४६ साल सम्म राष्ट्रिय पन्चायतको सदस्य रहे । खड्का २०४१ सालभन्दा अगाडी नै रेसुङ्गा बहुमुखी क्याम्पसमा नेकपा माले निकट विद्यार्थीहरुको संगठनमा आवद्ध भई संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियोे । ०४१ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य भए । २०४९ सालमा मालेकै जिल्ला कमिटी उपसचिव भए । त्यसपछि नेकपा एमाले भइसकेपछि संगठन विभाग प्रमुख हुँदै एमालेकै जिल्ला अध्यक्ष भए । हाल आएर खडका नेकपा लुम्बिनी प्रदेश सचिवालय सदस्य रहेका थिए ।

SHARE