
मंसिर ६,२०७७ झापा : झापामा गाई काटेको आरोपमा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दमक नगरपालिका ७ बस्ने २९ वर्षीय प्रदीप सुवेदी, सोही ठाउँका २० वर्षीय बब्लु अलि, ४२ वर्षीय ढकराज राम दाम र २७ वर्षीय छोटे अलि रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
प्रहरीले विशेष सूचनाको आधारमा घरमा छापा मारेर उनीहरूको साथबाट १० किलो गाईको मासु फेला पारेको हो। उनीहरूलाई गौहत्या गरेको आरोपमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने डिएसपी थापाले जानकारी दिए।












