
मंसिर ६,२०७७ गुल्मी : न्वागी पर्वको अबसरमा गुल्मीको इश्मा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यहि मङसिर ७ गते आइतबारका दिन न्वागी पर्वको अबसरमा मङसिर ४ गते बसेको कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका निमित्त पुमुख प्रशासकीय अधिकृत नारायण महत र अध्यक्ष लक्ष्मण बिष्टद्धारा हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।

आइतबार गाउँपालिका भित्रका सम्पुर्ण शिक्षण संंस्था ,स्वास्थ्य संस्था ,सार्वजनिक संघ संस्था , वडा कार्यालय तथा गाउँपालिकाको कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ ।








