
सुनिल न्यौपाने
मंसिर ५,२०७७ गुल्मी : मुसिकोट बचत तथा ऋण सहकारी संस्था लि। मुसिकोट नगरपालिका(३ ठुलापोखरा गुल्मीको प्रथम साधारण सभा एक कार्यक्रम का बीच मुसिकोट नगरपालिका(३ मा रहेको नेपाल रेडक्रस सोसाइटी बडागाउँ उपशाखाको भवनमा सप्पन्न भएको छ।
प्रथम साधारण सभाबाट मुसिकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कर्ण बहादुर जिसीलाइ मुसिकोट बचत तथा ऋण सहकारी संस्था लि। को संचालक समितिको अध्यक्षमा चयन गरिएको छ।अध्यक्ष जिसी सहित ११ जनाको संचालक समिती र ३ जनाको लेखा समिती चयन गरिएको हो। कार्यक्रममा मुसिकोट बचत तथा ऋण सहकारी संस्था लि। का प्रबन्धक बुद्ध बहादुर पाण्डेले संस्थाको उद्देशको बारेमा प्रकाश पारे साथै पाण्डेले हाल सम्मको संस्थाको खर्च आम्दानीको विवरण प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले यस संस्था जुन उदेश्यका साथ स्थापना भयो त्यही अनुरुप काम गर्नुपर्ने र आफुबाट जुनसुकै समयमा पनि यस संस्थाको लागी सहयोग गर्न तयार रहेको बताए।
भण्डारीले सहकारीले कसरी काम गर्दा सबैको लोकप्रिय बन्न सकिन्छ भन्ने बिषयमा उल्लेख गरे । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका मुसिकोट नगरपालिका वडा नं।३ का वडा अध्यक्ष कर्ण जिसीले कार्यक्रममा बोल्दै जसरी छोटो समयमा आम नागरिक सम्म यो सहकारी पुग्यो त्यस बाट आफू अत्यन्तै खुसी रहेको र यस संस्थालाई यहाँ सम्म ल्याउनको लागी हिजोको दिनमा जसरी मेहनत गरिएको र भोलिका दिनमा पनि आफू निरन्तर सहकारीको प्रगतिको लागी मिहिनेत गरिरहने दाबी गरे।
कार्यक्रममा जनप्रतिनिधि,शिक्षक,पत्रकार,समाजसेवी शेयर सदस्यहरुको उपस्थितीमा सम्पन्न कार्यक्रमको संचालन बसन्त अधिकारीले गरेका थिए ।








