कुटानी पिसानी कै लागि भारत जानुपर्ने बाध्यता

0
809

दिवाकर पोख्रेल
देउखुरी, मंसिर ५ गते । भारतसंग सिमा जोडिएका दाङका ३४ वटा नाकामा रहेका बस्तीमा कुटानी पिसानीको लागि मिल नहुँदा भारत जानुपर्ने बाध्यता रहेको छ । पूर्व अर्ना नाका देखि पश्चिमको भैवा नाकामा कुटानीपिसानीको लागि मिल नभएपछि दैनिक उपभोग्य सामाग्री कुटान पिसानको लागि भारत जानुपर्ने अवस्था रहेको स्थानीयले जानकारी दिएका छन ।
गढवा गाउँपालिका वडा नम्बर ८ को खबरी नाका निवासी चन्द्रवहादुर बुढाले कुटानीपिसानीको लागि भारतको बालापुर जानुपर्ने बाध्यता रहेको बताउ । उनका अनुसारनेपालमा तर्फ सम्भव नै छैन,बनको बटो पैदल १० किलोमिटर टाढा जानुपर्छ सानो मिल पनि नहुँदा कुटानीपिसानीको लागि ठूलो समस्या छ ।
नाका क्षेत्र राजपुर गाउँपालिका वडा नम्बर ६ अडबेरुवा नाकामा डिजलबाट चल्ने मिल भएपनि भार।रतबाट डिजल ल्याउन नसक्दा मिल संचालन हुन सकेको छैन । अडबेरुवा नाका निवासी लक्ष्मी गिरीले आफुहरु अहिले कुटानी पिसानीको लागि समस्या भएको भन्दै मकै भुटेर खाने पहिल्यैको मौज्दात बचाएर अडकलेर खाने गरेको बताए ।
खबरी नाका निवासी स्थानीय मनमाया गुरूङले वर्षायाममा कुटानी पिसानीको लागि अझ धेरै समस्या रहेको बताउछिन ।बर्षातमा राम्रो सडक नहुँदा हिलो, नालाहरू र खहरे खोलाहरू निकै बढेको हुन्छ भारतको बालापुर जान पनि समस्या हुन्छ । गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले कुटनिपिसानीको लागि भारत जानुपर्ने बाध्यता अन्त्य गर्नेे बताए । उनले यो आर्थिक वर्षमा वडाको एकलाख बजेटमा गाउँमै सानोे मिलको स्थापना गरि कुटनिपिसानीको लागि भारत जानुपर्ने बाध्यता अन्त्य गर्ने योजना रहेको छ,भने । नाका क्षेत्रमा गहुँ अडहर,मकै, जौँ,गहुँ लगायतका अनाज उत्पादन हुन्छ ।

SHARE