कोरोनाबाट पाल्पा रामपुरमा एक महिलाको मृत्यु

0
410

सुशीला रेग्मी

रामपुर (पाल्पा), ५ मङ्सीर :पाल्पामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गएराती १२ः ५० वजे रामपुर नगरपालिका वडा नं ५ बस्ने ५४ वर्षीय एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

मृतक महिलामा गत कात्तिक २० गते कोरोना पोजेटिभ देखिएको थियो । उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मृतक महिलामा प्रेसर र सुगर रोग समेत रहेको थियो । पाल्पामा हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

SHARE