मुसिकोटका पहिरो पीडितलाई रेडक्रसको सहयोग

0
385

मंसिर ४,२०७७ गुल्मी :नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीले मुसिकोट नगरपालिकाका पहिरो पीडितहरुलाई निरन्तर सहयोग गर्दै आएको छ।
केहि महिना अगाडि नगद राहत हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाले पुनः पहिरो पीडित परिवारको लागी डिग्निटि कीट , हाइजिन कीट र साबुन नेपाल रेडक्रस सोसाइटी बडागाउँ उपशाखाको कार्यालयमा एक कार्यक्रम बीच मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाको उपस्थितिमा २९ जनालाई वितरण गरिएको छ।

प्रमुख अतिथिको रूपमा बोल्दै मेयर सापकोटाले नेपाल रेडक्रस सोसाइटी गुल्मीले पहिरो पीडितलाई पटकपटक सहयोग गर्दै आएकोमा धन्यवाद दिए ।मुसिकोट नगरपालिकाबाट पीडितहरुलाइ समान तरिकाबाट सहयोग गर्दै आएको र आफू एक्लै जनताको घर घरमा पुगि समस्या बुझ्न् नसकिने भन्दै आ आफ्नो ठाउँ बाट जनताका समस्या नगरपालिका सम्म पुर्याउन आग्रह गरे।
नेपाल रेडक्रस सोसाइटी बडागाउँ उपशाखाका सभापति गुप्त बहादुर कार्कीले जिल्ला शाखा गुल्मीले निरन्तर सहयोग गर्दै आएकोमा खुसी व्यक्त गरे ।सभापति कार्कीले मुसिकोट नगरपालिकाबाट उप शाखाको लागी सहयोग गर्दै आएको छ यश बाट धेरै सहज भएको र कार्यलय संचालन गर्न केहि समस्या देखिएकोले समस्याको समाधान गरिदिनु हुन मुसिकोट नगरपालिकालाई अनुरोध गरेका छन्।

SHARE