आफैंले बोकेको बन्दुक पड्किएर मृत्यु

0
485

मंसिर ४,२०७७ दाङ : दाङमा बन्दुकको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका–२ का ४१ वर्षीय भोज बहादुर घर्ती रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मंगलबार राति करिब साढे ८ बजेतिर सोही ठाउँका अर्का टोपबहादुर घर्ती र भोज बहादुर बन्दुक लिई कालिज सिकार गर्न जाने क्रममा भीरबाट लडेका र टोप बहादुरले बन्दुक लिने क्रममा पड्किँदा भोजबहादुरको पेटभन्दा माथि गोली लागेको थियो।

घटनास्थलमै भोजबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

SHARE