मंसिर ३,२०७७ कपिलबस्तु :कपिलवस्तु नगरपालिका ३ तौलिहवाका कानुन व्यवसायी राजेन्द्र पाण्डेको कोरोनाका कारण बुधवार निधन भएको छ । ७० वर्षीय पाण्डेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा उपचारका क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दीर्घ रोगको समस्या रहेका उनी अचानक स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागी मंगलवार भैरहवा लगिएको थियो ।
उनको बिहान १० बजे भेन्टिलेटरमा उपचार गर्दा मृत्यु भएको थियो । मृत्यु पछि सङ्क्रमण भएको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुमा हेल्थ असिस्टेन्ट उमेश घिमिरेले बताएका छन् । यो थप भए सँगै जिल्लामा १७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कपिलवस्तुमा बुधवार सम्म १७८१ जनामा कोरोना सङ्क्रमित भएका छन् । ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।