दाङमा स्कारपियोले ठक्कर दिँदा सञ्चारकर्मीको मृत्यु

0
946

मंसिर १,२०७७ दाङ : दाङमा स्कारपियो गाडीको ठक्करबाट एक जना सञ्चारकर्मीको मृत्यु भएको छ। तुलसीपुरको रेडियो हाम्रो पहुँचमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी निवासी २२ वर्षीया मनिषा लामिछानेको मृत्यु भएको हो।

सोमवार दिउँसो साढे १ बजे विजौरीबाट तुलसीपुरतर्फ मोटरसाइकलमा आफ्ना दाजुसँग आउँदै गर्दा तुलसीपुरको गुल्मचोक नजिकै रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई लु।अ।अ।क। ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

SHARE