सयपत्री फूलको यात्राः अमेरिकाको जंगलदेखि नेपालसम्म

0
1136

जानु पाण्डे
मंसिर १,२०७७ कपिलवस्तु : नेपाली घर आँगन सबैतिर पहेँलै भएर फूल्ने थुँगे ९सयपत्री० फूल देखेपछि तिहार पर्वको सुरु भएको संकेत हुन्छ। चाड पर्व सुरु भएसँगै नेपालीका घर आँगन फूलै फूलले रमणीय देखिन्छ।

प्रायः सबैका घरमा देखिने यो फूलको हिन्दु धर्मालम्वीहरुको प्रिय फूल बनेको छ। विशेष गरी तिहारमा फूलको विशेष महत्त्व हुन्छ। यहीबेला घर आँगनमा फूल फूलेर रमणीय बनेको हुन्छ। हिन्दु धर्ममा हरेक पर्वमा पूजा गर्दा होस या भाइटीकामा प्रयोग हुने मालामा फूलको प्रयोग हुन्छ।

यही समयमा धेरै प्रयोग हुने फूलमध्ये एक हो सयपत्री ९थुँगे० फूल। यही प्रिय फूल मध्य(अमेरिकादेखि यात्रा गरी विश्वभरि फैलिएको थियो।
सयपत्री मेक्सिको तथा मध्य अमेरिकाको जंगली फूल हो। यो मेसो अमेरिकन एजटेक सभ्यता १३ औँ शताब्दीको प्रसिद्ध जंगली फूल हो। जंगलमा उम्रने भए पनि यी फूलहरू औषधि, सुन्दरता तथा समारोहका प्रयोग भएको पाइन्छ।

अमेरिकाबाट नेपाल आयो

यो फूल १७ औँ शताब्दीको सुरुवातमा नेपाल भित्रिएको थियो। यो फूल कसरी भित्रियो भन्ने तथ्य थाहा हुन सकेको छैन। यो फूल तराई र पहाड दुवै ठाउँमा फूल्ने गर्दछ। खास गरी पहाडमा फूल्ने प्रजाति भए पनि तराईको हावापानीमा अनुकूलन भएको छ।

यो फूलको विस्तार १५ औँ शताब्दीमा सुरु भएको हो। त्यतिबेला स्पेनको राज बगैँचामा यो फूलले स्थान पाएको थियो। त्यसपछि फ्रान्स र उत्तर अमेरिका प्रवेश गरेको थियो । सन १९१५ मा डेभिड व्रुपीले बिउ उत्पादन गरी यसको रिसर्च सुरु भएको थियो।

सयपत्री फूल नेपालमा पर्याप्त मात्रामा पाइने एक फूल हो। धार्मिक कार्य, विवाह, सजावट तथा विशेष गरी तिहारको भाइ टीकामा मालाको रूपमा यो फूल प्रयोग हुन्छ। हाल यो फूलको नेपालमा व्यावसायिक खेती सुरु भएको छ। हिन्दु मात्र नभई यो फूल विश्वभरि नै प्रख्यात फूलको रूपमा पहिचान बनाएको छ।

सयपत्रीमा औषधिको गुण

यो फूलको वैज्ञानिक नाम टैजेटस हो। टैजस नाम गरेको एक गन्दर्भको नामबाट यो फूल नामकरण भएको भारत डिस्कभरी नामको एक अनलाइनमा उल्लेख गरिएको छ। टैजस सुन्दरताको लागि प्रसिद्ध थिए। यो फूलले औषधीय गुणसमेत बोकेको पाइएको छ। यो फूललाई एन्टी(बायोटिक, एन्टिअक्सिडेन्टको रूपमा प्रयोग गर्न सकिन्छ। प्राकृतिक रङ निर्माण र अत्तर बनाउनसमेत यो फूलको प्रयोग हुन्छ।

यस फूललाई अङ्ग्रेजी भाषामा मेरी गोल्ड भनेर चिनिन्छ। यसका ५० भन्दा धेरै प्रजातिहरू पाइने गरेको छ। नेपालमा पनि यसका केही प्रजाति पाइन्छन्। अफ्रिकन र फ्रेन्च प्रजाति प्राय लोकप्रिय मानिन्छ। नेपालमा थुँगे भनेर चिनिए तापनि स्थानीय भाषामा विभिन्न नामकरण भएको पाइएको छ।

नेपालमा हजारी, सयपत्री, लाल गोटी, पतरे, थुँगे, माघे थुँगे, गाईफूल लगायतका नामले चिनिन्छ। नेपालमा पहेँलो, हल्का सुन्तला, रातो , कलेजी रङ्ग र मिश्रित रङका थुँगे फूल पाइन्छन्।

सयपत्री र हजारी फरक

धेरै साइटहरूमा सयपत्री र हजारीलाई एउटै फूल भनेर उल्लेख भएको छ। तर, स्थानीयस्तरमा दुवै फरक पाइएको छ। गुगल सर्च गर्दा दुवैलाई एउटै देखाइएको छ। सयपत्री र हजारी फूललाई एउटै भनिए पनि यी दुई फूलमा फरक खालका हुन्।

सयपत्री फूलभन्दा हजारी फूल ठूलो हुन्छ। सयपत्रीका पत्र फराकिला र ठूला हुन्छन् भने हजारीका साना र धेरै हुन्छन्। दुवैको बनावट फरक देख्न सकिन्छ। थोरै पत्र र बीचमा थुँगा हुने समूहलाई नेपालमा पतरे फूल भनेर चिनिने गर्दछ। सयपत्री फूल धार्मिक कार्यमा प्रयोग हुन्छ तर हजारी फूल मन्दिरमा चढ्दैन।

SHARE