गुल्मी सशस्त्र प्रहरीको मास्क लगाउ , साबुन पानीले हात धुऔँ सुरक्षित बनौ अभियान

0
1285

कात्तिक ३०,२०७७ गुल्मी : सशस्त्र प्ररी बल, गुल्मीले कोरोना भाईरस नियन्त्रणका लागि रेसुङ्गा नगरपालिका(१२ उर्लेनी चोकमा आवत(जावत गर्ने स्थानीय बासिन्दाहरुलाई ज्वरो मापन, परामर्श, साबुन पानीले हात धुने तरिका सिकाउदै मास्क वितरण गरेको छ ।
सशस्त्र प्ररी बल, नेपाल नं। ३७ गुल्म हे।क्वा।गुल्मीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार लम्सालले सचेतनामुलक कार्यक्रमले केही हद सम्म भए पनि स्थानयि नागरिकहरुमा चेतना फैलाउने उद्धेश्य रहेको दाबी गरे।

जब सम्म स्थानिय नागरिकहरुमा सचेतना बढ्दैन तब सम्म कोरोनाको जोखिममा कमि नआउने कुरा सशस्त्र प्रहरी नायव उपरीक्षक लम्सालले औल्याए। रेसुङ्गा नगरपालिका(१२ का वडा अध्यक्ष कुल बहादुर टण्डलले नागरिकहरुलाई सचेत बनाउने यो अभियानमा स्थानियहरुको पूर्ण साथ रहने बताए ।

SHARE