उप–प्रध्यापक हाजिरीको विषयमा नेकपा निकट सदस्यले ‘लेखे नोट अफ डिसेन्ट’

0
466

गुल्मी २९ कात्तिक : गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उप–प्रध्यापक हाजिरीको बिषयमा विवाद देखिएको छ ।
क्यापसमा बेतलबी विदामा रहेका उप–प्रध्यापक कुञ्जरमणी गौतमलाई हाजिरी गर्ने बिषयमा काङ्ग्रेस र कम्युनिष्ट–जनमोर्चा पार्टीमा आस्था राख्ने संचालक समितिका पदाधिकारीहरुबीच विवाद देखिएको हो । काङ्ग्रेस निकट पदाधिकारीहरु गौतमलाई हाजिरी दिने पक्षमा देखिएका छन् भने कम्युनिष्ट र जनमोर्चा निकट पदाधिकारीहरु गौतमलाई पुन हाजिरी नदिने पक्षमा रहेका छन् । पुनःहाजिरी दिने बिषयमा काङ्ग्रेस निकट पदाधिकारीहरुले निर्णय गरेपछि नेकपा निकट पदाधिकारीहरुले भने ‘नोट अफ डिसेन्ट’ लेखेको नेकपा रेसुङ्ग नगरकमिटी सचिव समेत रहेका क्याम्पस संचालक समितिका उपाध्यक्ष धर्म विकले जानकारी दिनुभयो ।

०७२ भदौ २५ गते उपप्रध्यापक गौतमले एम्.फील्. अध्ययनको लागि एक बर्षको लागि विदा दिन क्याम्पसमा निवेदन पेश गर्नुभयो । त्यसपछि फागुन १ गतेदेखि ०७३ माघ मसान्तसम्म एक बर्षको लागि बिदा स्वीकृत भयो । गौतमले ०७३ माघ २५ गते थप एक बर्षको लागि बेतलबी विदाको लागि क्याम्पसमा अर्को निवेदन पेश गर्नुभयो । थप एक बर्षको लागि विदा स्वीकृत भई ०७४ माघ २५ सम्मको लागि विदा स्वीकृत भयो, तर त्यसको दुई बर्षसम्म पनि उनी सम्पर्कमा आउनुभएन । अन्तत ०७६ माघ १० गते असाधारण विदा स्विकृत गरी हाजिर हुन पाउने माग गर्दै अर्को निवेदन दिनुभयो । क्याम्पस प्रमुख हरी बहादुर खत्रीले उक्त प्रस्ताव संचालक समितिमा लैजानुभयो ।
माघ १७ गते बसेको संचालक समितिको बैठकले गौतमलाई माघ मसान्तभित्र एफ्.फिल. उत्तिर्ण गरेको प्रमाण–पत्रसहित हाजिर भए नियुक्ती दिने अन्यथा स्वत अवकाश हुने निर्णय ग¥यो । गौतमले हाजिर गरेपनि प्रमाण–पत्र भने ल्याउनुभएन । त्यसले गर्दा उहाँको स्वतःअवकाश हुनुपर्ने हो । तर काङ्ग्रेस निकट समितिका पदाधिकारीहरुले भने नियमिविपरित गौतमलाई हाजिरी दिन खोजेको भन्दै विरोध जनाएको विश्वकर्माले बताउनुभयो ।
क्याम्पस आर्थिक रुपमा समेत धरासयी बन्दै गइरहेकोले अवकाश प्राप्त शिक्षकलाई संचालक समितिका अध्यक्ष नै हाजिरी दिने पक्षमा हुनु गैरकानुनी भएको संचालक समितिका कोषाध्यक्ष अर्जुन आचार्यले बताउनुभयो । यदि गौतमले पुन नियुक्ती पाए क्याम्पसलाई मासिक ४५ हजार आर्थिक भार पर्नेछ । क्याम्पसमा नेपाली काङ्ग्रेसका छ जना, नेकपाका चार र राष्ट्रिय जनमोर्चाका एक गरी कुल ११ जना संचालक समितिमा रहेका छन् । अहिले क्याम्पसमा क्याम्पस प्रमुखकै विषयमा समेत विवाद उत्पन्न भएपछि क्याम्पस प्रमुख हरी बहादुर खत्रीले एक महिनाको लागि विदा लिनुभएको छ ।

अहिले सहायक क्याम्पस प्रमुख गोविन्द गौतमलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको छ । क्यामपस संचालक समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले गौतमको नियुक्तिको विषयमा केही विवाद आएपनि नियुक्ति दिने बताउनुभयो ।

SHARE