रुद्रावती एफ.एमको भवन शिलन्यास

0
338

हुमाकान्त पोखरेल
कात्तिक २८,२०७७ गुल्मी : गुल्मीको रुद्रावती एफ्एम् ९८ं.२ मेगाहर्जको भवन शिलन्यास गरिएको छ ।
शुक्रबार छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले रेडियो भवनको शिलन्यास गरे । हाल छत्रकोट गाउँपालिका ४ श्रृङ्गा बाट प्रशारण हुँदै आएको रेडियोको भवन छत्रकोट गाउँपालिका २ पल्लिकोटको कोटडाडाँमा बनाउन थालिएको छ ।
शिलन्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले गाउँगाउँमा रेडियोको भुमिका महत्वपूर्ण भएकोले पल्लिकोटमै भवन बनाई रेडियो संचालन गर्न लाग्नु सुखद् विषय भएको बताए ।
‘सरकारलाई खबरदारी गर्दै गाउँगाउँका नागरिकलाई जनचेतना दिने रेडियोबाटै हो ।’ उनले भने, ‘पल्लिकोटबाटै रेडियोले प्रशारण थालेसँगै छत्रकोटका सबै भेगमा रेडियोको पहुँच पुग्नेछ ।’ त्यसका साथै उनले रेडियोलाई स्वच्छ र निष्पक्ष भएर समाचार तथा सुचनाहरु प्रशारण गर्न पनि आग्रह गरे । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले अहिलेसम्म रेडियोले खेलेको भुमिकाको प्रशसां गर्दै आगामी दिनमा पनि रेडियोको प्रगतिको कामना गरिन् । त्यसका साथै रेडियोलाई गाउँपालिकाबाट हुनसक्ने सहयोगको प्रतिवद्धता समेत जायर गरिन् ।
रुद्रावती एफ् एम् प्रालिद्धारा संचालित रुद्रावती एफ् एम् ९८.२ मेगाहर्ज ०७४ साल फागुन ७ गतेबाट संचालनमा आएको हो । हाल रेडियोले विभिन्न समयमा समाचार, विभिन्न सुचना, जनचेतनामुलक सन्देश, विद्यार्थीका लागि रेडियो कार्यक्रम लगायतका कार्यक्रमहरु प्रशारण गर्दै आएको छ ।
भवन पल्लिकोटको स्थानीय सामुदायिक बन नजिकै निर्माण सुरु गरिएको छ । त्यसले गर्दा उक्त बनमा कुल १०८ ओटा पिपलका विरुवा लगाउने अभियान रहेको प्रालिका अध्यक्ष युगराज बस्यालले बताए । बिरुवा लगाउने अभियानको पनि शुक्रबार नै गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले सुरुवात गरिन् । उक्त अभियान एक बर्षभित्रमा पुरा गरी उक्त डाडाँलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना पनि रहेको बस्यालले बताए । साथै इच्छुक जो कोहीले पनि उक्त ठाउँमा पिपलका बिरुवा लगाउन सक्ने उनले बताए ।
शिलन्यास कार्यक्रममा जिल्ला हुलाक कार्यालयका प्रमुख हरीप्रसाद पोखरेल, छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी, पत्रकार महासंघ गुल्मीका सचिव टोपलाल अर्याल, पत्रकार हुमाकान्त पोखरेल, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न पार्टी तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सरोकारवाला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रेडियोका संचालक बस्यालको अध्यक्षता तथा शिक्षक भुवन टन्डनको संचालनमा सम्पन्न भएको थियो ।

SHARE