
कात्तिक २८,२०७७ गुल्मी :वास्तबिक किसानहरुले अनुदान पाउन नसकेको गुल्मीका किसानहरुले गुनासो गरेका छन् ।
लुम्बिनी प्रदेशको भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयले गुल्मीमा आयोजना गरेको किसानहरुका लागि जनचेतना तथा अभिबृद्धि कार्यक्रममा रेसुंगा नगरपालिका वडा नं ४ की साबित्रा भण्डारीले वास्तबिक किसानहरुले अनुदान पाउन नसकेको गुनासो गरिन् ।
सरकारले दिने अनुदान टाठा ,बाठाहरुले मात्रै पाउने र झोलामा संचालन गर्नेहरुले मात्रै पाउने गरेकाले यसलाई सुधार गर्न उनले आग्रह गरिन ।
यस्तै रुरु गाउँपालिकाका माछापालक कृषक कृष्ण ज्ञवालीले पनि वास्तबिक किसानले सरकारको अनुदान लिन नसक्ने र ठुला वडाहरुका आसेपासेहरुले मात्रै अनुदान ल्याउने गरेको बताए ।
यस्तै कृषक नबराज भुसालले किसानहरुले पनि गुणस्तरको दुध नदिने गरेकाले पनि समस्या भएको बताउ ।उ नले मन्त्रालयले अनुदान दिने मापदण्डमा तराई क्षेत्रलाई मात्र आधार बनाउने गरेकाले पहाडको वास्तबिक अबस्थालाई ध्यानमा राखेर मापदण्ड निर्धारण गर्ने आग्रह गरे ।
यता मन्त्रालयका पशुपंक्षी बिकास माहाशाखाका टुकराज न्यौपानेले बिगतमा मन्त्रालयले बितरण गरेको अनुदानमा केही समस्या देखा परेतापनि अहिले सुधार भएको बताए । अहिले मन्त्रालयले फिल्डमै गएर अनुगमन गरेर मात्रै अनुदान भुक्त्तानी दिने गरेको बताए।
यस्तै मन्त्रालयका प्रशासन शाखाका लोककुमार कार्कीले मन्त्रालयले बितरण गरेको अनुदानमा बिकृति भएको पाइएमा मन्त्रालयमा उजुरी दिन पनि आग्ह गरे ।
दुध , फुल ,मासु ,माछा खाऔ र स्वस्थ्य रहौ भन्ने बिषय, गुणस्तरतामा ध्यान दिन पशुपंक्षी माहाशाखाका टु्कराज न्यौपानेले प्रस्तुती गरेका थिए । कार्यक्रममा मासु ब्यबसायी, एग्रोभेट , दुग्ध डेरी , पशुपालक ,कृषक लगायत किसानहरुको उपस्थिती रहेको थियो ।











