सुकुम्बासी परिवार भन्छन् : हामीले खानेपानी , बिद्युत, जस्तापाता पाएनौँ

0
682

मनोज कार्की
कात्तिक २८ गुल्मी :२० बर्ष पहिले साबिकको घमिर गा.बि.सको सिलादी चौरमा घनाघोर जङ्गल थियो । घमिर टुनिखोला बाट पोम बहादुर बि.क र गोरे नेपाली सिलादीमा बस्न सुरु गरेका थिए । केहि समयपछि टुनिखोला र पुरुङ्गकोटबाट १० घरपरिवार आई चौरमा बस्न सुरु गरेका थिए । बिस्तारै मोटरबाटो पहुँच हुदैँ जादाँ चौरमा पनि बस्ती बढ्दै गएका छन् । अहिले १२ घर परिवार खरका झुपडि बनाई बस्दै आएका छन् । परिवारको संख्या ७० भन्दा माथि छ । तर अहिले सम्म सुकुम्बासी परिवारले खानेपानी , बिद्युत, जस्तापाता पाएका छैनन् ।

जिल्लाको सदरमुकाम तम्घास देखी २५ किलो मिटर पक्की सडक हिड्ने हो भने पुग्न सकिन्छ सिलादी । सुकुम्बासी परिवारका सदस्यले आफ्नो दैनिकी मेलापात र मजदुरी गरी चलाउँदै आएका छन् । कतिपयले भने डोका नाम्ला बुनेर गाउँ गाउँ पुराउँछन् । सबैका खर र सल्लीपिरालले छाएका झुपडि र गोठ रहेका छन् । प्राःयले गाई ,बाख्रा,कुखुरा,भैसी पालेका छन् । यहाँका परिवारले बेसीखेतमा ओध्य गरेर आफ्नो दैनिक गुजार चलाईरहेका छन् ।
यस बस्तीका बालबालिका आर्थिक अभावका कारण शिक्षाको पहुँचबाट टाढा छन् । गाउँका बिद्यालयमा पढ्न पनी पाएका छैन् महिलाहरु बिहे गरेर पराईको घरमा जान्छन् त पुरुष रोजगारीको लागि भारत लगाएत अन्य मुलुक जाने गर्दछन् ।
अहिले सिलादी चौरको छेउमा तम्घास सिमलटारीको पक्की सडक खण्डले छोएको छ । तर २० बर्षदेखि यहाँका बस्तीले खानेपानी , बिजुली ,जस्तापाता पाएका छैनन् । मालिका गाउँपालिकाले खरको छानामुक्त गाउँपालिका घोषणा गरिसकेको छ । तर, सिलादीको सुकुम्बासी बस्तीमा अहिले पनि खरले छाएका झुपडी छन् ।
गाउँमा सिंह दरबारको नारा लगाएता पनि यहाँका नागरिकले स्थानिय सरकारको महशुस गरेका छैनन्। जव राती बुढि ताती भने जस्तै जव चुनाब आउँछ आर्दशका नारा बोकेर उमेदवार घर घर आउँछन् । तर निर्वाचनको समयपछि फर्केर नहेर्ने सुकुम्वासीको गुनासो छ । यहाँ बस्तै आएका परिवार लालपुर्जा बिहिन रहेका छन् । आफुहरु बर्षौँ देखि बस्दै आएको सिलादीमा बस्ने उनीहरुको माग छ ।
सिलादीको सुकुम्बासी बस्ती स्थान्तरण गर्ने गाउँपालिकाले तयारी गरिरहेको छ । त्यस कारण गाउँपालिका र वडाले सुकुम्बासी बस्तीलाई स्थान्तरण गर्ने तयारी गरिएकाले त्यो बस्तीमा जस्तापाता , पानी ,बिजुली वितरण गर्ने नसकिएको वडा नं ७ घमिरका वडा अध्यक्ष बेद प्रसाद पन्थीले जानाकारी दिए ।
सुकुम्बासीलाई स्थान्तरण गर्ने तयारीमा छौँ : गाउँपालिका अध्यक्ष थापा
घमिर सिलादीको सुकुम्बासी बस्तीलाई स्थान्तरणको लागि मालिका गाउँपालिकाले तयारी गरिरहेको मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले जानाकारी दिएका छन् । गत वर्ष नै स्थान्तरणका लागि मालिका गाउँपालिकाले बजेट बिनियोजन गरिसकेको तर जग्गा उपलब्ध हुन नसक्दा समस्या उनीहरुलाई स्थान्तरण गर्ने नसकिएको गाउँपालिकाका वडा अध्यक्ष थापाले बताए । गाउँपालिकाले घमिरमै स्थान्तरणको प्रयास गरे पनि उपयुक्त जग्गा नमिलेकाले गाउँपालिकाको वडा नम्बर ८ मर्भुङगमा स्थान्तरणको लागी जग्गा खरिदको तयारी गरिरहेको छ ।
गाउँपालिका संग सहकार्य गरी अगाडि बढ्छौ : प्रमुख सापकोट
सुकुम्बासी बसिरहेको स्थानमा डिभिजन वन कार्यालय गुल्मीले ४ रोपनी क्षेत्रफलमा नर्सरी बनाएको छ । चार स्थानिय तहलाई केन्द्रित गरि निर्माण गरिएको नर्सरीलाई अझ बिस्तार गर्ने वन डिभिजन कार्यालय गुल्मी तयारीमा छ । बनको जग्गामा बस्दै आएका सुुकुम्बासीलाई गाउँपालिकालाई स्थान्तरण गर्न सहकार्य गरि डिभिजन कार्यालय अगाडि बढ्ने वन डिभिजन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बताएका छन् ।
प्रमुख सापकोटाका अनुसार मालिका,मदाने ,धुर्कोट, इस्मा चार स्थानिय तहलाई सेन्टर हुने गरी गत बर्ष १० लाख लगानीमा नर्सरी स्थापना भएको छ । निर्माण गरिएको नर्सेरीमा बाह्रै महिना बिरुवा उत्पादन गर्ने मदाने मालिका सव डिभिजन कार्यालयले जनाएको छ ।

SHARE