नेकपाको सचिवालय बैठक आज बस्दै

0
264
फाइल तस्बिर

कात्तिक २८ ,२०७७ काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहमतिमा पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक बोलाएका हुन्। भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयनको सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेकपाका अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले सचिवालयको बैठक माग गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष अ‍ोलीलाई पत्र नै बुझाएका थिए । सङ†गठनको सुदृढीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध, सरकार सञ्चालनलगायत मुख्य रूपमा कोभिड–१९ को विषयमा बैठकमा छलफल हुने छ ।

नेताहरुले बैठक माग गरेपछि अर्का अध्यक्ष ओलीले पार्टीको विधि र पद्धति अनुसार सचिवालय बैठक बोलाउन लिखित निर्देशन दिएका थिए । सोही निर्देशन बमोजिम महासचिव पौडेलले बैठक बोलाएका हुन् ।

SHARE