गुल्मीमा पनि देउसी भैलो खेल्नमा रोक

0
335
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

कात्तिक २८,२०७७ गुल्मी : गुल्मीमा देउसी भैलो खेल्नमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले बिहीबार एक सूचना जारी गर्दै कोरोना माहामारीका कारण तिहारमा खेलीने देउसी भैलो खेल्नकाका लागि रोक लगाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
यस्तै जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहारमा पटका , आतिसबाजी लगायतका बिष्फोटक पदार्थहरुको ओसारपसार र बिक्री बितरणमा समेत रोक लगाएको छ । यस्तै तिहारमा जुवातास खेलेको थाहा पाएमा स्थानीयहरुलाई तुरन्त नजिकैको स्थानीय प्रहरी चौकीमा खबर गरिदिन पनि जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ । सार्वजनिक यातायाता संचालन गर्दा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पालना गरीसिट क्षमता भन्दा बढी यात्रु नरहने गरी संचालन गर्न समेत आग्रह गरेको छ ।
यदि कसैले प्रशासनले जारी गरेको सुचनालाई अबज्ञ गरे संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने प्रशासनले जनाएको छ ।

SHARE