गुल्मीमा जिप दुर्घटना एक जनाको मृत्यु , सात जना घाइते , तीन जनाको अबस्था गम्भीर

0
291

कात्तिक २८,२०७७ गुल्मी : गुल्मीमा गए राती जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नं २ फाक्सिङमा मजुवाबाट हटिया तर्फ जाँदै गरेको लु १ च ४७११ नं को जिप राती ११ बजे दुर्घटना हुँदा गुल्मीदरवार गाउँपालिका वडा नं २ का २४ बर्षका जिप चालक मेखबहादुर गाहाको सोभा सारथी क्लिनीक मजुवामा उपचारको क्रममा राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै दुर्घटनामा सोही वडाका २८ बर्षका घनबहादुर गाहा , २३ बर्षका प्रेमबहादुर पल्ली , ३५ बर्षका श्री रास्कोटीको अबस्था गम्भीर रहेको र उनीहरुको लूम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक प्रबिणलाल श्रेष्ठले जनाकारी दिए ।
यस्तै १६ बर्षका अलिस पाल्पालीको पनि टाउकोमा चोट लागेकाले पाल्पामा उपचार भइरहेको प्हरीले जनाएको छ । २३ बर्षका सोनु गाहा र महेन्द्र थापा र भिमबहादुर गाहा सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE