कपिलवस्तुको खोलाबाट दिउँसै बालुवा चोरी

0
348
फाइल फोटो

कात्तिक२०७७

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ र ८ को सीमामा पर्ने गुडरुंग खोलाबाट बालुवा चोरी भइरहेको छ।

बुड्ढी र हरिहरपुर क्षेत्रबाट दिउँसो ट्याक्टरका ट्याक्टरका बालुवा तस्करले ओसार्ने गरेका छन्। दैनिक रूपमा स्थानीय ट्याक्टरले बालुवा चोरी गर्ने गरेका स्थानीयबासी बताउँछन्। तर जिम्मेवार निकाय भने मौन बसेको छ। चोरी भएको क्षेत्र जिल्ला समन्वय समिति प्रमुख नारायण खनालको बसोबास रहेको क्षेत्रसमेत हो।

‘चोरी भएको क्षेत्रको हुँदै स्थानीय जनप्रतिनिधि दैनिक रूपमा हिँड्ने गर्छन्। खोलाबाट बालुवा चोरेको सडकबाट स्पष्ट रूपमा देखिन्छ। तर नियन्त्रणका लागि कसैको पनि चासो दिएका छैनन्। नगरपालिकाले नदीजन्य पदार्थ निकासी खुलाएको छैन, तर खोलामा ट्याक्टरको ताँती लाग्ने गर्छ। कतै जनप्रतिनिधिको संलग्नता त छैनरु’ हरिहरपुरका एक स्थानीयले आशंका भएको बताए।

असार मसान्तयता कपिलवस्तुका खोला ठेक्कामा गएका छैनन्। कोरोना र चाडपर्वको मौका छोपी स्थानीय ट्याक्टर मालिकहरू दिउँसै खोला छिर्ने गरेका छन्। कपिलवस्तुका खोलाबाट समेत बालुवा तस्करले रातभर नदीजन्य पदार्थ चोर्ने गरेका छन्।

SHARE