गुल्मीमा ६९० जना कोरोना संक्रमित निको भए

0
270
फाइल फोटो

कात्तिक २५,२०७७ गुल्मीः गुल्मीमा कोरोना संक्रमित निको हुनेको दर उच्च रहेको छ ।
कुल ७५४ जना संक्रमितहरु मध्ये ६९० जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । बाँकी ५८ जनाको होम आइसोलेसनमा राखेर उपचार गरिएको छ ।
गुल्मीमा कुल पाँच हजार २७५ जनाको स्वाब संकलन गरि परीक्षण गरीएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण गुल्मीमा ९ जनाको ज्यान गइसकेको छ ।
यसैबिच धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पोजेटिभ देखिएको छ । उहाँले आफू सहित श्रीमती र छोरीलाई संक्रमण देखिएकाले एक हप्ता देखि सम्पर्कमा रहेकाहरुलाई सुरक्षित रुपमा होम आइसोलेसनमा बस्न फेसबुक मार्फत आग्रह गरेका छन् ।

SHARE