हत्या आरोपमा दोषी ठहर भएको १६ वर्षपछि पक्राउ

0
312

कात्तिक २५,२०७७ दाङ : हत्या आरोपमा अदालतबाट दोषी ठहर एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ कटाहाका ४७ वर्षीय लिलाधर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

भण्डारीलाई सर्वोच्च अदालतले २०६१ चैत २९ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय फैसला गरेको थियो। उनी सोही समयदेखि फरार थिए। फरार भण्डारीलाई आइतबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए। उनलाई सोमबार जिल्ला अदालत दाङमामा पेश गरिएको छ।

SHARE