कात्तिक २५,२०७७ काठमाडौं : भारतका विदेश सचिव आगामी महिना नेपाल आउने भएका छन्।
नेपालसँगको सम्बन्ध बिग्रिएसँगै आलोचना खेपिरहेको भारत सरकारले विदेश सचिव हर्षवर्धन श्रींग्लालाई नेपाल भ्रमणमा पठाउन लागेको हो। भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे नेपाल भ्रमण गरेर फर्किएको एक सातापछि नै विदेश सचिव श्रींग्ला नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको हो।
उनी यही नोभेम्बरको अन्त्यमा काठमाडौँ आइपुग्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्। विशेषगरी नेपालसँग पछिल्लो समय चिसिएको सम्बन्ध सुधारका लागि उनको भ्रमण हुन लागेको बताइएको छ ।