फैसलाको चार बर्षपछि पार्वतीको हातमा नागरिकता

0
242

हुमाकान्त पोखरेल
कात्तिक २५,२०७७ गुल्मी : जिल्लाको धुर्कोट गाउँपालिका ४ जैसीथोककी ३३ बर्षीया पार्वता पन्थी(नेपाली)ले अदालतले फैसला गरेको चार बर्षपछि नागरिकता पाएकी छिन् । उनलाई अदालतको फैसला कार्यान्वयन नहुँदा न्याय कागज नहुने लाग्थ्योे । अदालतको फैसला बोकेर चार बर्षसम्म कैयौैँ पटक सदरमुकाम र गाउँ गरिन् । अदालतले नाता कायमसंगै अंशवण्डा र मानाचामलको फैसला ग¥यो । तर, प्रशासनले नागरिकता दिएन् ।

फैसलाको तीन बर्षसम्म कुनै काम कारबाही भएको थिएन् । तर अहिले स्थानीय सरकारको तर्फबाट धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेल साँक्षी बसे । जसका कारण पीडितलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
धुर्कोट गाउँपालिका प्रमुख पोख्रेलले पनि अदालतको प्रमाण हुँदा हुँदै साँक्षीको कारण कोहि कसैले बर्षौ अन्याय सहेर बस्न नहुने बताए ।

SHARE