कात्तिक २४,२०७७ कपिलबस्तु : स्थास्थ्य शाखा प्रमुख सहीत एकैसाथ ६ जना कर्मचारीहरु कोरोना संक्रमति भएपछि कपिलवस्तुको शिवराज नगरपालिका ५ दिनकालागि बन्द गरिएको छ । नगरपालिकाले सुचना जारी गर्दै कोरोना संक्रमण फैलन सक्ने भन्दै कार्तिक २४ देखि २८ गते सम्मकालागि नगरपालिका बन्द गरिएको हो ।
नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण बन्द गरिएको नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिए । नगरपालिकाका र मातहतका वडा कार्यालयहरुको नगरका सेवा बन्द हुने नगर प्रमुख अधिकारीले बताए । यस्तै नगरपालिकका बिद्यालयमा भइरहेको प्रत्यक्ष सिकाई सहजीकरणका कार्यक्रमहरु पनि वन्द भएको सूचना मार्फत जनाइएको छ ।