जापानमा ६ दशमलव २ म्याग्निच्युडको भूकम्प

0
667

कात्तिक २२,२०७७ : जापानमा शनिबार ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। राजधानी टोकियोदेखि झण्डै ६ सय माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

जापानको भूगर्भ विभागले दिएको जानकारीअनुसार झण्डै १० किलोमिटर गहिराइबाट कम्पन भएको थियो। विभागका अधिकारीहरुले भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जानकारी दिएका छन्। सरकारी अधिकारीहरुको भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भइनसकेको पनि स्पष्ट पारेका छन्।

SHARE