गुल्मीमा गुल्मीदरबार गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रमको शुभारम्भ

0
495

कात्तिक २२,२०७७ गुल्मी : राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागबाट गुल्मीदरबार गाउँपालिकामा शनिबार देखि राष्ट्रिय परिचयपत्र वितरणको लागि विवरण सङ्कलन कार्यक्रमको सुभारम्भ गरिएको छ ।
कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी श्री भरतकुमार शर्मा, प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष श्री अशोककुमार थापा, विशेष अतिथि उपाध्यक्ष मीना भण्डारी, राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका सूचना प्रविधि निर्देशक शुभाष ढकाल, प्रमुख प्रशासकीय अधिकृत श्री लक्ष्मण पाण्डे, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत द्वय श्री उद्वव पन्थी, श्री श्याम न्यौपाने, पालिकाका वडाध्यक्षज्यूहरू, वडा सचिव तथा रुजु अधिकारीहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष अशोककुमार थापाले राष्ट्रिय महत्वको कार्यक्रम जिल्लामा पहिलो पटक गुल्मीदरबार गाउँपालिका शुभारम्भ गर्ने अवसर जुटाइदिएकोमा राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभाग , जिल्ला प्रशासन कार्यालय गुल्मीलाई विशेष धन्यवाद ज्ञापन गरे।

विभागका निर्देशक शुभाष ढकालले राष्ट्रिय परिचयपत्रको महत्व र विशेषताका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री भरतकुमार शर्माले नागरिकको जैविक तथा वैयक्तिक विवरण सङ्कलन गरी वहुउपयोगी राष्ट्रिय परिचयपत्र वितरण गर्ने राष्ट्रिय महत्वको कार्यक्रमलाई गुल्मीदरबार गाउँपालिका जन प्रतिनिधि र कर्मचारीको एक्टिभ टिम भएको हुदा सबै नागरिलाई समेटिने गरि सफल बनाउन सबैलाई अनुरोध गरे ।
कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्री उद्धव पन्थीले गरेका थिए।

SHARE