बन्द रहेको राष्ट्रिय बाणिज्य बैंकको सेवा आइतबारबाट सुचारु हुने

0
448

कात्तिक २१,२०७७ गुल्मी : राष्ट्रिय बाणिज्य बैक गुल्मी शाखाका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबार देखि बन्द रहेको सेवा आइतबारबाट सुचारु हुने भएको छ ।
बुधबार एक जना कर्मचारीमा संक्रमण देखा परेपछि १७ जनाको स्वाव जाँच गर्दा शुक्रबार बिहान थप ५ जनामा संक्रमण पुष्टि भएको हो । कर्मचारीमा संक्रमण पुष्टि भएपछि बैंकका सबै सेवाहरु बन्द गरिएको थियो । संक्रमण पुष्टि भएका कर्मचारीहरु अहिले होम आइसोलेसनमा बसेका छन् ।
यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले कोरोना रिर्पोट नेगेटिभ आएका कर्मचारीहरुबाट सेवा दिने जानकारी दिए । बैंक बन्द गरेर बस्नु उचित नहुने भएकाले आइतबारबाट रिर्पोट नेगेटिभ आएका कर्मचारीहरुबाट सेवा दिने शर्माले बताए ।
त्यस समय अबधीमा कोरोना पोजेटिभ देखिएका बैंकका कर्मचारीहरुको सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन र लक्षण देखा परे तुरुन्त सम्पर्क राख्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।
गुल्मीमा कुल ७४३ जना संक्रमित मध्ये ६७८ जना निको भएर घर फर्किएका छन् भने संक्रमणका कारण ९ जनाको ज्यान गइसकेको छ ।

SHARE