बजार मूल्यभन्दा बढीमा बिक्रि भएको टनेलको रकम फिर्ता

0
439
छत्रकोट गाउँपालिका कार्यालयको तस्विर :खबरमार्केट

हुमाकान्त पोखरेल
कात्तिक २१,२०७७ गुल्मी : बजार मूल्यभन्दा बढी शुल्कमा किसानहरुलाई टनेल वितरण गर्ने पैचो पसल र छत्रकोट गाउँपालिकाले किसानको रकम फिर्ता गर्ने निर्णय गरेका छन् ।
गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ४ मा वितरण गरिएका २५ टनेलको प्रति प्रति टनेल चार सयका दरले फिर्ता गर्ने निर्णय गरिएको हो । गत आर्थिक बर्षमा छत्रकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वडा नम्बर १ र ४ मा २५÷२५ गरी ५० टनेल वितरण गरेको थियो ।
६ मिटर चौडाई तथा १० मिटर लम्बाइको टनेल वितरण गर्नुपर्ने थियो । तर वितरणको जिम्मा पाएको पैँचो पसल प्रा.लि.ले कम गुणस्तरको टनेल दिएको थियो । भने एउटा टनेलको मूल्य तीन हजार चार सयदेखि तीन हजार छ सयसम्म पर्छ । तर पैँचो पसलले चार हजार दुई सयभन्दा बढी मूल्य तोकेको थियो । किसानले १७ देखि १८ सय तिरे पुग्नेमा दुई हजार एक सय वडामा बुझाएका थिए । त्यसको ५० प्रतिशत रकम गाउँपालिकाबाट भुक्तान भइसकेपनि किसानहरुले दिएको रकम वडामा थियो ।
बढी मूल्यमा कम गुणस्तरको टनेल दिएको बिषय स्थानीय सञ्चार माध्यमबाट बाहिरिएपछि पैचो पसल, वडाका प्रतिनिधि र गाउँपालिका बीचको छलफलले किसानको रकम फिर्ता दिने निर्णय गरेको हो । जसअनुसार वडा नम्बर ४ मा २५ वटा टनेलको १० हजार किसानलाई फिर्ता गरिने बुझ्ने वडाध्यक्ष डिलाराम न्यौपानेले बताए । तर वडा नम्बर १ मा वितरण गरिएको टनेलको बिषयमा भने अहिलेसम्म कुनै निर्णय गरिएको छैन । १ नम्बर वडाका वडाध्यक्ष धातानन्द भण्डारीले अहिलेसम्म कुनै पनि किसानले लिखित रुपमा गुनासो नगरेकोले कुनै निर्णय नगरिएको बताए ।

SHARE