सहमतिका लागि ओलीसँग सामूहिक भेट गर्ने

0
411
फाइल फोटो

कात्तिक २१,२०७७ काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको अनौपचारिक बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक रुपमा छलफल गर्ने निर्णय गरेको छ।

पार्टी मुख्यालयमा बसेको बैठकले भोलि प्रधानमन्त्री ओलीसँग सामूहिक रूपमा पार्टी बैठक राख्ने बारेमा छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

अध्यक्ष दाहालले बोलाएको अनौपचारिक बैठकमा सचिवालयका ५ जना सदस्यको सहभागी भएका थिए।

SHARE