नेपाल प्रहरीमा खेलाडीसहित ३६० जनाको जागिर खुल्यो

0
293

कात्तिक २१,२०७७ काठमाडौं : नेपाल प्रहरीले कार्यालय सहयोगी र खेलाडी लगायत विभिन्न पदमा तीन सय ६० जनाका लागि दरखास्त आह्वान गरेको छ।

खुला र समावेशी गरी माली बगैंचे, भान्छे, हजाम, सिलाइ बुनाइ, कुचिकार र खेलाडीमा दरखास्त आह्वान भएको हो। ९ जना माली, बगैंचे, २ सय ६१ जना ,भान्छे, १० जना हजाम, १५ जना सिलाइ, बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि दरखास्ता आव्हान गरेको हो।

खेलाडी सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिलारपुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउँछन्। मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय छ।

खेलाडीतर्फ दरखास्त दिनेले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त बुझाउन पाउँछन् भने अरूका लागि ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिन्छ। दरखास्तका लागि एक सय रूपैयाँ राजश्व बुझाउनुपर्नेछ।

साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउँछन्

SHARE