विवाद समाधान गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै

0
396

कात्तिक २०,२०७७ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल गर्नका लागि आज पनि शीर्ष नेताहरुको बैठक बस्दैछ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरी बुझाएको १६ बुँदे विरोध पत्रका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन्।

भोलि शुक्रबारको लागि कांग्रेसले १४ औँ महाधिवेशन केन्द्रीत छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ। आजको शीर्ष नेताहरुको बैठकले भोलिको बैठकको एजेन्डाका विषयमा पनि छलफल गर्ने बताइएको छ। ‘विवादहरु छलफलकै माध्यमबाट टुङ्ग्याउनु पर्छ भनेर बैठक बस्न लागेको हो,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘आजको बैठकले विवाद समाधान तिर जान्छ भन्ने आशा गरौँ।’

SHARE