वडा कार्यालय तीन दिन सम्मका लागि बन्द

0
285

कात्तिक २०,२०७७ गुल्मी : जिल्लाको रेसुङगा नगरपालिका वडा नं ९ मा संक्रिय संकमित १६ जना भएकाले वडा कार्यालय तीन दिन सम्मका लागि बन्द गरिएको छ ।
वडा कार्यालय क्षेत्र कोरोना संक्रमणबाट बढी जोखिम भएकाले कात्तिक १९ गतेदेखि २१ गतेसम्मका लागि वडा कार्यालय बन्द गरिएको वडा अध्यक्ष नारन सुनारले जानकारी दिए ।
वढा भित्र यदि कसैलाई कोरोना संक्रमणको लक्षण देखा परे परीक्षणका लागि सम्पर्क राख्न समेत वडा कार्यालयले अनुरोध गरेको छ । संक्रमण नियन्त्रणका लागि वडा भित्र अत्याबश्यक बाहेकका सार्वजनिक सेवा , बिद्यालय ,ब्यबसाय ,उद्योग ,मन्दिर , ब्याडमिन्टन कोर्ट लगायतका सम्पुर्ण जोखिम युक्त क्षेत्रहरु पुर्ण रुपमा बन्द गर्नका लागि आग्रह गरिएको छ ।
नगरपालिका भित्र संक्रिय संक्रमित ३० जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा कुल ७२४ जना संक्रमितहरु मध्ये ६५२ जना निको भएर घर फर्किएका छन् भने ६४ जना होम आइसोलसनमा रहेका छन् ।
जिल्लामा संक्रमणका कारण ९ जनाको ज्यान गइसकेको छ ।

SHARE