कात्तिक १९,२०७७ गुल्मी : जिल्ला प्रशासन कार्यालग गुल्मीमा नागरिकता लिनेहरुको भीड लागेको छ ।
मंगलबार मात्रै जिल्ला प्रशासन कार्यालयबाट १०७ जनाले नयाँ नागरिकता लिएको र ३७ जनाले नागरिकताको प्रतिलिपी लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकृत उद्धब पन्थीले जानकारी दिए
कात्तिक १२ गतेदेखि १८ गतेसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ३७४ जनाले नयाँ नागरिकता , ११० जनाले नागरिकताको प्रतिलिपी, ५९ जनाको पासर्पोट बितरण ,३६ जनाको द्रुत सिफारिस , र १०२ जनाको सामान्य सिफारिस भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै दलित प्रमाणीत ४७ , जनजाती प्रमाण्ीत ७५ जनाको गरिएको समेत जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
अघिल्ला बर्षहरुमा दशै तिहारमा जिल्लाभन्दा बाहिर बसोबास गर्नेहरु आउँदा भीडभाड हुने गरेता पनि यस बर्ष घरमै भएर पनि यहि समय कुरेर बसेको हुन सक्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।