रुपन्देहीमा गुल्मीका संक्रमित पुरुषको मृत्यु

0
344

कात्तिक १९,२०७७ गुल्मी : लुम्बिनी प्रादेशिक अस्पतालमा गुल्मीका ८५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ। दरबार गाउँपालिका ६ का ती संक्रमित पुरुषको आज बिहान साढे ७ बजे मृत्यु भएको हो।

मृतकलाई १३ गते कोरोना पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएका थिए। ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको अस्पतालका मेसु राजेन्द्रप्रसाद खनालले जानकारी दिए।

SHARE