पोखरामा एकजना कोरोना संक्रमित महिलाको निधन

0
281

कात्तिक १८,२०७७ कास्की: गण्डकी प्रदेशमा एक जना कोरोना संक्रमित महिलाको निधन भएको छ।

प्रदेशको मुख्यालय कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पोखरा महानगरपालिका ५ की ५९ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको हो।

उनको हिजो राति ११ बजे उपचारका क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ। योसँगै प्रतिष्ठानमा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

SHARE