Wednesday, June 3, 2026

प्रदेशको राजधानीमै भरपर्दो स्वास्थ्य सेवा छैन

0

दिवाकर पोख्रेल
देउखुरी, माघ १४ गते । दाङको लमही नगरपालिका वडा नम्बर ६ देउपुरका प्रभात पौडेललाई विद्यालयबाट फर्केदै गर्दा गाडीले ठक्कर दियो ।

गाडी ठक्करबाट सामान्य घाइते भएका पौडेलको छाती र मुखमा चोट लाग्यो, लमहीमा सामान्य उपचार पछि उहाँलाई बुटवलमा पु¥याएर उपचार गरियो । सोही ठाउँकी शान्ता चोधरीको हात झमझमाउने समस्या लिएर लमही अस्पतालमा जानुभयो चेकजाँच भयो, औषधि खानुभयो निको भएन थप सुविधाको लागि बुटवल पुग्नुप¥यो । यि दुइवटा उदाहरण मात्र हो दाङ देउखुरीमा भरपर्दो स्वास्थ्य सेवा नपाउँदा यहाँका सेवाग्राहीहरु सदरमुकाम घोराही र जिल्ला वाहिरै बुटवल र नेपालगंज जानुपर्ने बाध्यता हटेको छैन ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रमै सामान्य सेवा सुविधा समेत नपाउँदा सेवाग्राहीले स्वास्थ्य क्षेत्रमा तीन तहकै सरकार उदासिन रहेको आरोप लगाउँछन । राजपुर गाउँपालिका वडा नम्बर ४ का गंगाराम यादवले स्थानीय स्तरमा आफुहरुले स्तरीय सेवा सुविधा पाउने कुरा सपना नै भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ । ‘देउखुरी क्षेत्रमा स्तरीय अस्पतालको आवश्यक छ, राजमार्ग क्षेत्र भएकाले दुर्घटना बारम्बार भइरहन्छ,राजधानी पनि भएकाले सबै प्रकारका स्वास्थ्य सुविधा दिन सक्ने अस्पताल देउखुरीमा आवश्यक छ तर तीनै तहका सरकार उदासिन छन ।’

देउखुरी उपत्यकामा चारवटा पालिका छन् । सबै पालिकामा रहेका अस्पतालमा र स्वास्थ्य केन्द्रमा एमबीबिएस डाक्टरको व्यवस्था पनि छ ,तर सेवा भरपर्दो छैन । लमही नगरपालिकाको मातहतमा रहेको लमही अस्पतालमामा सरकारी दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नै छैनन ।

सहयोगी संस्था निक साइमनले उपलव्ध गराएका स्वास्थ्यकर्मीको भरमा अस्पताल संचालन भएको छ । अस्पतालमा एकजना एमडी मेडिकल सुपरीटेण्ड, दुइजना मेडिकल अधिकृतको दरवन्दी भएपनि अहिले तीनै जना डाक्टर काममा छैनन । एकजना मेडिकल अधिकृत अध्ययन विदामा रहेको र बाँकी दरबन्दी अनुसारको जनशक्ती पूर्ति नभएको लमही अस्तालका निमिक्त प्रमुख बबी महतले बताउनुहछ । उहाँ भन्नुहुन्छ,दरवन्दी अनुसारको पूर्ण जनशक्ती नभएपनि सहयोगी संस्थाबाट उपलव्ध गराउनु भएका डाक्टर र उपलव्ध जनशक्तीबाट आवश्यक सेवा दिइरहेका छौ ।

यस्तैगरी अन्य शाखामा एक्सरे, ल्याव, प्रसुति,इमरजन्सी लगायतमा पनि दरबन्दी अनुसारको स्वास्थ्यकर्मी छैनन । सरकारी दरबन्दी नभएको स्थानमा समितिको तर्फबाट स्वास्थ्यकर्मीको व्यवस्था गरिरहेको छ । गढवा गाउँपालिकामा पनि अवस्था यस्तै छ । गाउँपालिकाले एमबीबीएस डाक्टरको व्यवस्था गरेपनि अन्य सेवा सुविधाहरु भरपर्दो छैन । राप्ती गाउँपालिकामा दुइवटा अस्प्तालमा छन र प्रस्तावीत अस्पताल भालुवाङ, सिसहनियाँ अस्पताल । भालुवाङमा निक साइमन नामको संस्थाले दूइजना डाक्टरको सुविधा दिएको छ । सिहनियाँ अस्पतालमा राप्ती गाउँपालिकाले आफै एकजना डाक्टरको व्यवस्था गरेको छ ।

देउखुरीमा हुँदैन पोष्टमार्टम

दुर्घटना वा विभिन्न कारणल मृत्यु भएपछि पाष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था भएपनि देउखुरीमा रहेका चारवटा पालिकाभरी नै पोष्र्टमाटमको सुविधा छैन । पोष्र्टमाटमको लागि पोष्टमार्टम घर, तालिम प्राप्त जनशक्ती आवश्यक पर्ने भएकाले आफुहरुले पोष्ट मर्टमको काम गर्न नसकेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘देउखुरीमै पोष्र्टमाटम नहुनु राम्रो होइन, राप्ती गाउँपालिकामा यो सुविधा छैन,गर्न आवश्यक छ, विभिन्न प्रक्रिया र आवश्यक जनशक्ती उपलव्ध भएपछि गर्न सकिन्छ ।’

लमही अस्पतालमा विगतमा पोष्ट मार्टमको काम हुने गरेको भएपनि अहिले दरवन्दी अनुसारको डाक्टर सहितको स्वास्थ्यकर्मी उपलव्ध नहुँदा पोष्र्टमाटमको काम हुन सकेको छैन । पोष्टमाटम नहुँदा लास बोकेर घोराही जानुपर्ने बाध्यता रहेको छ । लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले पोष्टमाटमको काम नभएपनि पालिका तहबाट दिलाउनुपर्ने अन्य स्वास्थ्य सेवा सुविधा दिइरहेको बताउनुहुन्छ । दरवन्दी अनुसारको डाक्टर उपलव्ध नभएकोले पोष्ट मार्टमको काम गर्न नसके स्विकार्दै नगर प्रमुख चौधरीले नगरपालिकाले डाक्टरको व्यवस्था गरी अविलम्म पोष्टमाटमको काम गर्ने उहाँको भनाइ छ ।

पोष्ट मार्टमको काम ाभएपनि प्रसुती सेवा, ओपीडी सेवा,सामान्य शल्यक्रिया सेवा लगायतका प्रभावकारी सेवा उपव्ध गराइरहेको लमही अस्पातलको दावी छ । लमही अस्पतालका निमिक्त प्रमुख बबी महतले सेवाग्राहीको इच्छा ठूला र प्रभावकारी सेवा सुविधा प्राप्त गर्नु भएपनि पालिका स्तरबाट दिनुपर्ने सेवा सुविधा भन्दा बढी सुविधा नै लमही अस्पतालले दिइरहेको उहाँको दाबी छ ।

 

गुल्मीमा ३८ जनाले देह त्याग गरे

0
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

माघ १४,२०७९ गुल्मी : गुल्मीमा साउन यता ३८ जनाले आत्म हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधबराज खरेलका अनुसार ३३ जना झुण्डिएर,२ जना विष सेवन गरेर, खोलामा हाम फालेर २ जना र आत्म हत्या दुरुत्साहनबाट एक जना गरी ३८ जनाले आत्म हत्या गरेका हुन् ।

आत्म हत्या गर्नेमा १४ वर्ष उमेर देखी ८४ वर्षसम्मका रहेको खरेलले बताउनुभयो ।

आत्म हत्या गर्नुको मुख्य कारण गरिवी, मानसिक तनाव,मदिरा सेवन संगै बैदेशिक रोजगारी पनि रहेको खरेलले जानकारी दिनुभयो ।

यस्तै आर्थिक बर्ष २०७७।०७८ मा ९६ जना र २०७८।०७९ मा ७१ जनाले आत्म हत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

गुल्मीका ५७ वटा उजुरी अख्तियारमा

0

माघ१२,२०७९ गुल्मीः  गुल्मीका ५७ वटा उजुरीहरु अख्तियारमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलका सूचना अधिकारी रामकृष्ण अधिकारीका अनुसार  यस आर्थिक वर्षको सुरु देखी पुस मसान्तसम्म गुल्मीका ५७ वटा उजुरीहरु परेको जानकारी दिए ।

अधिकारीका अनुसार स्थानीय तहसंग सम्बन्धित २४ उजुरी परेका हुन भने अन्य संघ र प्रदेश अन्र्तगतका रहेका छन् ।

स्थानीय तहसंग सम्बन्धित उजुरीहरुमा सार्वजनिक खरिद, सडक निर्माण र अन्यमा बिद्यालय भवन निर्माण ,दिवा खाजा लगायतका बिषयमा उजुरी परेको कार्यालयले जनाएको छ ।

कार्यालयमा परेका ५७ वटा उजुरीहरुमध्ये १२ वटा उजुरीहरुको किनारा लागिसकेको छ भने ४५ वटा उजुरीहरुको बारेमा अध्ययन भइरहेको कार्यालयले जनाएको छ ।

सुन तोलामा ७ सय बढ्यो

0

माघ १२,२०७९काठमाडौं : सुनले बजारमा नयाँ रेकर्ड कायम गरेको छ।

सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

हिजो प्रति तोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

 

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो।

टिपर दुर्घटना हुँदा २२ वर्षीय चालक न्यौपानेको मृत्यु

0

माघ १२,२०७९पाल्पा : पाल्पाको तिनाउ गाउँपालिका–४, केराबारीमा भएको टिपर दुर्घटनामा चालक सरोज न्यौपानेको मृत्यु भएको छ।

पाल्पाबाट बुटवल जाँदै गरेको ना ८ ख ७९२४ नम्बरको टिपर दुर्घटनामा स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङगा राम्दीका २२ वर्षीय न्यौपानेको बिहीबार विहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

टिपर बुधबार राति १२ बजेतिर दुर्घटनामा परेको हो।

शीतभण्डारमा राखिएका सुन्तला कुहिन थाले

0
फाइल फोटो

माघ १२,२०७९स्याङ्जा : शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिन थालेपछि किसान चिन्तित भएका छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो।

किसानले बढी आम्दानी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा राखेका थिए। तर कुहिएपछि उनीहरू चिन्तित बनेका हुन्। पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला भण्डारण गरेका थिए।

केही दिन अघि हेर्दा छरसात क्यारेट जति सुन्तला कुहिएको उनले बताए। अब उहाँ चाँडै सुन्तला बिक्री गर्ने तयारीमा छन्। अहिले बोटबाटै प्रतिकिलो ८५ देखि ९० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ। गत वर्ष सुन्तला तथा आलुको भण्डारण राम्रो भए पनि यसपटक के कारणले सुन्तलामा खराबी आयो भन्नेबारे अध्ययन भइरहेको शीतभण्डारका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए।

भण्डारण गरिएकामध्ये १० देखि १५ प्रतिशतसम्म सुन्तलामा खराबी देखिन सक्ने भएकाले सचेत भए पनि अनुमानभन्दा औसतमा बढी सुन्तला खराब भएको पाइएको उनको भनाइ छ।

भण्डारण गरिएको सुन्तलामा खराबी देखिएपछि सुन्तला सुपरजोन, कृषि ज्ञानकेन्द्र स्याङ्जा, रामपुर कृषि क्याम्पसलगायतका कार्यालयबाट प्राविधिक आएर निरीक्षण तथा अध्ययन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए।

रामपुर आधारभुत विद्यालयले ३३ औँ वार्षिकोत्सव मनायो

0

सुशीला रेग्मी
माघ १२,२०७९ पाल्पाः रामपुर आधारभुत विद्यालय रामपुर नगरपालिका वडा नं ५ मटेरी पाल्पाको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सकिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले गर्नुभएको हो । वडाध्यक्ष पोखरेलले शैक्षिक क्षेत्रको विकासमा वडा तथा नगरपालिका कार्यालयबाट सक्दो सहयोग गर्ने बताउनुभएको छ । प्रधानाध्यापक सविता डुम्रेले ९३ लाख बराबरको वार्षिक प्रतीवेदन पेश गर्नुभएको छ ।

विद्यार्थीले नाचगान गरेर रमाइलो बनाएको कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा रामपुर ५ का निवर्तमान वडाध्यक्ष हिमाल मल्ल, कार्यपालिका तथा रामपुर ५ का वडा सदस्य माया नेपाली, वडा सदस्य युवराज शाही, सीताराम माविका प्रधानाध्यापक हरिप्रसाद अधिकारी, नवदुर्गा माविका प्रधानाध्यापक भानुभक्त न्यौपाने, दरैठाँटी मावि सहायक प्रधानाध्यापक मुकुन्दप्रसाद गौतम, कालिका माविका शिक्षक ज्ञानबहादुर दर्जी, विद्यालय व्यवस्थापन समिति सदस्य धनबहादुर विक, शिक्षा समिति सदस्य सावित्रा गौतम, विद्यालयका शिक्षक गणेश गौतम, पुर्व विद्यार्थी सदिक्षा गौतम लगायतले बोल्दै विद्यालयको प्रगतीको कामना गर्नुभएको छ ।

सहायक प्रधानाध्यापक चम्पा गौतमले स्वागत गर्नुभएको कार्यक्रमको संचालन शिक्षक पुनम रानाले गर्नुभएको हो । कार्यक्रममा सहभागी पाहुनालाई मायाको चिनो प्रदान गरिएको छ । उत्कृष्ट शिक्षक तुल्सी गौतम, बासना सेन र सन्जय मल्ल, यसै विद्यालयमा अध्ययन गर्ने पुर्व उत्कृष्ट विद्यार्थी सदिक्षा गौतमलाई सम्मान गरिएको छ ।

 

रामपुर नगरपालिका वडा नं ५ सानिअमराई बस्ने ईन्जिनियरिङ् क्याम्पस पुल्चोक ललितपुरका पुर्व स्ववियु सभापति ईन्जिनियर नारायण काफ्लेले स्वर्गीय बुबा दुर्गादत्त काफ्ले र ससुराबुबा स्वर्गिय माधवप्रसाद सत्यालको नाममा ५० हजार बराबरको अक्षयकोष, रामपुर ५ मटेरी बस्ने तेजकुमारी रेग्मीले १० हजार, मधुमाया पोखरेलले स्वर्गीय श्रीमान जेदुनाथ पोखरेलको स्मृतिमा १२ हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।