गुल्मीका ५७ वटा उजुरी अख्तियारमा

0
130

माघ१२,२०७९ गुल्मीः  गुल्मीका ५७ वटा उजुरीहरु अख्तियारमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलका सूचना अधिकारी रामकृष्ण अधिकारीका अनुसार  यस आर्थिक वर्षको सुरु देखी पुस मसान्तसम्म गुल्मीका ५७ वटा उजुरीहरु परेको जानकारी दिए ।

अधिकारीका अनुसार स्थानीय तहसंग सम्बन्धित २४ उजुरी परेका हुन भने अन्य संघ र प्रदेश अन्र्तगतका रहेका छन् ।

स्थानीय तहसंग सम्बन्धित उजुरीहरुमा सार्वजनिक खरिद, सडक निर्माण र अन्यमा बिद्यालय भवन निर्माण ,दिवा खाजा लगायतका बिषयमा उजुरी परेको कार्यालयले जनाएको छ ।

कार्यालयमा परेका ५७ वटा उजुरीहरुमध्ये १२ वटा उजुरीहरुको किनारा लागिसकेको छ भने ४५ वटा उजुरीहरुको बारेमा अध्ययन भइरहेको कार्यालयले जनाएको छ ।

SHARE